हिमालयन बैंकले १५ लाख ५० हजार ७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका तीन संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सो सेयरहरु बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनीले प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र…