जर्मनीको कम्पनीले साढे ९४ अर्ब लगानी गरेर नेपालमा मल कारखाना खोल्ने

जर्मनीको एक कम्पनीले ९४ अर्ब ५६ करोड नेपाली रूपैयाँ (७१४ मिलियन डलर) लागतमा नेपालमा वार्षिक ७ लाख टन यूरिया मल उत्पादन गर्ने कारखाना खोल्ने भएको छ । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डिआइएजी इन्डष्ट्रिज जीएमबीएच जर्मनीबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीपत्रमा…