अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध छ,चाँडै सही ट्रयाकमा आउँछ: कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा उनले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे। “हजारौँ नागरिकको बलिदान र लामो…