काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले काठमाडाँैका घरधनीले बहालवालासँग लिने भाडा बारेमा संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले घरभाडाको वैज्ञानिक मापदण्ड बनाइनुपर्ने बताएका हुन् । उनले एउटा सानो कोठाको भाडा १० हजार रुपैयाँ लिने गरिएको उल्लेख गरे । घरधनीको इच्छाले भाडा तोक्दा विद्यार्थीसहित त्यहाँ बस्नेलाई समस्या भएको उनले बताए…