अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक तथा सामाजिक विकासमा विश्व बैंकले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार भएको शिष्टाचार भेटवार्ताको क्रममा उनले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्दै…