हेटौंडामा निर्माणाधीन सबस्टेसनमा कुनै प्रगति नदेखिएपछि कुलमानले दिए ठेक्का तोड्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन भ्रमण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोसित…