जेठ १ देखि लागू हुनेगरी ब्रोकर कमिसन शुल्कमा भयो व्यापक हेरफेर

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गर्दै ब्रोकर कमिसन घटाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची– १४ मा रहेको धितोपत्र दलाली वापत लिन सक्ने सेवा शुल्क हेरफेर गरिएको बोर्डले जनाएको छ…