इन्जिनमा समस्या देखिएको भनिएको विमान नेपाली आकासमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ नै प्रस्थान गरेको छ।
एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको जहाजमा उडेको केहीबेरमै समस्या आएको थियो । विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले गन्तव्यतर्फ लगेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइदुबईको जहाज दिल्लीतर्फ लागेको विमानस्थलका अधिकारीहरुले बताएका छन ।
१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा आगलागी भएको हो । विमान राति ९ बजेर २१ मिनेटमा उडेको थियो। विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो।
काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गर्ने तयारी गरिएको भएपनि चालक दलहरुले समस्या समाधान भएको भन्दै गन्तव्य तर्फै लगेका हुन ।काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको गन्तव्य तर्फ लागेको हो।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ










प्रतिक्रिया