साना-मझौला कम्पनीले कम्तिमा ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने

नेपाल धितोपत्र बोर्डले साना-मझौला उद्योगले कम्तिमा ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था गर्दै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा तयार गरेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग १५ दिनभित्र राय सुझाब माग समेत गरेको छ ।…