सेयरबाट पुँजीगत लाभ कर अन्तिम कर हुने अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने स्पष्ट पारेका छन्। बजेटपछि आइतबार पत्रकारहरूसँगको भेटघाटमा उनले भने, “सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम करका रूपमा मानिनेछ र यसमा थप कुनै कर लाग्दैन।” उनले भारतमा सेयर कारोबारको अवधि अनुसार अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर फरक–फरक दरमा लाग्ने…