मध्यपूर्वका सात देशको श्रम स्वीकृति नविकरण गर्ने सरकारको निर्णय, नयाँलाई भने तत्काल अनुमति नदिइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका सीमित देशका लागि पुनस् श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नागरिकको श्रम स्वीकृति गर्ने भएको हो । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षाजन्य जोखिमका कारण देखाउँदै सरकारले फागुन १७ गते…