बझाङको सुर्माबाट ३५ लाखको आलु निर्यात

बझाङ जिल्लामा रहेको सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँचवटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा…