बिम्स्टेकबाट आर्थिक विकासको लाभ लिन सांसदहरुको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमाथि छलफल गर्दै सांसदहरुले नेपालको आर्थिक विकासका क्षेत्रमा यस मञ्चलाई उपयोग गर्न आग्रह गरेका छन्। बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘बिम्स्टेक बडापत्र’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसदहरुले बिम्स्टेकको सदस्य राष्ट्र हुनुको नाताले…