इन्भेष्टमेन्ट बैंकले करछलेको प्रतिवेदन तयार, प्रधानमन्त्री नै प्रभावमा परेपछि महानिर्देशकको सरुवा

राजश्व अनुसन्धान विभागले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकले करछली गरेको उजुरीमा अनुसन्धान गरेर प्रतिवेदन तयार भएपछि प्रधामन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन। प्रधामन्त्री दाहालले बैंकको करछलीको विषयलाई अघि बढ्न नदिन विभागका महानिर्देशककै सरुवा गरेका हुन् । राज्य संयत्रमा बलियो प्रभाव पार्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाडेंको प्रभावमा प्रधानमन्त्री दाहाल समेत परेका हुन् ।…