कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भरेर सेयर नपरेका स्थानीय बासिन्दाहरुको रकम माघ ४ गते बुधबारसम्म फिर्ता भइसक्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडका अनुसार सेयर बाँडफाँड भएको पाँचौं दिनदेखि नै कनेक्ट आईपीएस मार्फत रिफन्ड सुरु गरिएको थियो । यस बीचमा धेरै लामो सार्वजनिक विदा परेका कारण रकम फिर्ता गर्न…