सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । आँधिखोला लघुवित्तसँग मर्जर सम्झौतापछि रोक्का रहेको कम्पनीको सेयर कारोबार आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नियमित कारोबारमा आउने भएको हो । नेप्सेका अनुसार लघुवित्तले पठाएको मंसिर १९ गतेको पत्राअनुसार आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार शुक्रबारदेखि फुकुवा गरिएको हो । कारोबार फुकुवासँगै कम्पनीको सेयर…