नेपाल बैंक(NBL) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले २ प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद…