हालसम्म ४७ लाख नेपाली कामदार वैदेशिक रोजगारीमा

वैदेशिक रोजगारीका लागि हालसम्म ४७ लाख कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व आप्रवासन कामदार दिवसको अवसरमा आइतबार सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२ को प्रतिवेदन अनुसार सन् २००८/९ देखि सन् २०२१/२२ को अवधिसम्ममा सो संख्याका कामदारले श्रम स्वीकृति लिएको अध्ययन प्रतिवेदनले देखाएको हो ।…