राजस्व चुहावटको अभियोगमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका…