इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छौ : ढकाल

नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत प्राधिकरण (एनइए) एकै परिवारका सदस्य…