ऊर्जाको बदलिँदो प्रवृत्तिलाई आत्मसात् गर्ने उद्देश्यका साथ सरकारले 'ग्रीन हाइड्रोजन नीति-२०८०' कार्यान्वयनमा ल्याएको छ । जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै लैजाने र देशभित्रै उत्पादन भएको बिजुलीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको छ। सरकारले जलवायु परिवर्तनसँग जुध्ने लक्ष्यका साथ सो नीति कार्यान्वयनमा ल्याएको हो । ऊर्जाका विभिन्न स्रोतमध्ये कान्छो पुस्ताको स्रोतका रूपमा विश्वव्यापीरूपमा…