त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर पुनः नयाँ सूचना जारी गरिएको हो ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि सोमबार सूचना जारी गर्दै दोस्रो पटक दरखास्त आह्वान गरेको छ ।
यसअघि शुक्रबार प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।
प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी व्यवस्था गर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएपछि पुन अर्को सूचना जारी गरिएको हो । समितिले नयाँ सूचनामा कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा केही पनि खुलाएको छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया