नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरुले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको अवस्थामा विवादित प्रिमियमको विषय उठाएर उद्योगको बिजुली काट्नु खेदपूण रहेको र यसले औद्योगिक अशान्ती निम्त्याउने बताएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघले उद्योग व्यवसायीसँग छलफल नै नगरी एक्कासी उद्योगहरुको लाइन काटिदिँदा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने तथा लगानीको वातावरण बिथोलिने अवस्था आएको बताएको…