नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने सबै उद्योगहरुको लाइन क्रमश काट्दै जाने स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंसिर २०८० सम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता रहेको जानकारी दिए…