काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंसिर २९ गते भित्र औषधि पसल दर्ता नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको भन्दै मंसिर २९ गतेभित्र नियमानुसार दर्ता गर्न निर्देशन दिएका हुन्। उनले काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील रहेको प्रस्टाउँदै भनेका छन्,…