फेसबूकको माउ कम्पनी मेटाको आम्दानी २३ प्रतिशतले बढ्यो

फेसबूकको माउ कम्पनी मेटाको आम्दानी सन् २०२३ को तेस्रो त्रैमासमा २३ प्रतिशतले बढेको छ । विज्ञापनबाट हुने आम्दानीमा भएको वृद्धिका कारण मेटाको समग्र आम्दानी बढेको हो । सन् २०२३ मै मेटाले आर्थिक मन्दीको कारण देखाउँदै २१ हजार कर्मचारीहरु बर्खास्त गरेको थियो । जसकारण कम्पनीको खर्च घट्दा आम्दानी बढेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमास…