पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ तथा बजेट खर्च १६ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब…