अधिकांश बैंकहरुको आधार दर दोहोरो अंकमा, कति घट्ला कर्जाको ब्याज ?

चालु आर्थिक वर्षको त्रेस्रो त्रैमास अर्थात चैतमसान्तसम्मको अवधिमा अधिकांश वाणिज्य बैंकहरुको आधारदर दोहोरो अंकमा रहेको छ । गत पुसको तुलनामा धेरैजसो बैंकहरुको आधारदर घटेपनि गत आवको चैतको तुलनामा भने सबै बैंकको आधारदर बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आवको चैतमसान्तको विवरणमा बैंकहरुको आधारदर सामान्य घटेको छ, यसले तत्काल कर्जाको ब्याजदर घट्ने सम्भावना न्यून देखिन्छ…