ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू ग्रुप हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो । सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको छ…