आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि उद्योग संगठन मोरङले सरकारलाई विभिन्न क्षेत्रमा सुझाव दिएको छ । बजेटमा सम्वोधन गर्नुपर्ने कर तथा राजश्व नीति एवं भन्सारसंग सम्वन्धित विषयहरुमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका राजश्व सचिव डा. राम प्रसाद घिमिरेलाई भेटेर सुझावको दस्तावेज बुझाएका हुन् । अध्यक्ष प्याकुरेलले निर्यात…