शारडा र राठी ग्रुपको संयुक्त लगानीमा सञ्चालन भइरहेको प्रिमियर स्टील उद्योगले कर्जा रेटिङका लागि आवश्यक जानकारी उपलब्ध नगराउँदा कम्पनीको रेटिङमा गिरावट आएको छ । रेटिङ एजेन्सी इक्रानेपालका अनुसार कम्पनीले ३ अर्ब ५५ करोड बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो । तथपि रेटिङका लागि आवश्यक पर्ने वित्तीय सूचांकहरुको विवरण कम्पनीले नदिएपछि इक्रा नेपालले…