राजस्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट बैंकको करछलीको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । विभागले बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनका अधिकारीको बयान लिने काम करिब सकाएको हो । विभागले बैंकका १६ जना उच्च अधिकारीको बयान लिने भनेकोमा हालसम्म १४ जनाको सकाइसकेको छ । बाँकी रहेको केही अधिकारीको बयान पनि केही दिनमा नै सकिने विभाग स्रोतले जानकारी…