सरकारको बजेट खर्च र राजश्व संकलन निराशजनक

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च र राजश्व संकलन दुवै निराशजनक देखिएको छ । सरकारले चालु आवको ५ महिना सकिँदासम्म कुल बजेटको २४.२६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ भने यसअवधिमा लक्ष्यको २४.५३ प्रतिशत प्राप्ति गरेको छ । सरकारको साउनदेखि मंसिर महिनासम्ममा बजेट खर्चको अवस्था हेर्दा सरकारी प्रयास कमजोर देखिएको छ…