निर्यातमा इन्सेन्टिभ तुरुन्त पाउने कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज बनाउन निर्देशन दिए । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने…