पछिल्लो समय काठमाण्डौं उपत्यकामा नियम विपरित बनेका संरचना भत्काउने अभियानलाई तीब्र बनाएको काठमाण्डौं महानगरपालिकाले दूर-सञ्चार सेवा प्रदायक एनसेल माथि पनि 'एक्सन' लिएको छ । महानगरले लैनचौरस्थित एनसेलको कर्पोरेट टावरसँगैको पार्कमा गरिएको ब्राण्ड झल्किने रङ्ग रोकन मेटाएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत एनसेलले उक्त पार्कको संरक्षण तथा रेखदेख गर्दै आएको थियो । यस क्रममा पार्कको वरिपरि…