स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट : कृषि क्षेत्र प्राथमिकतामा, भन्सारलाई व्यवस्थित गरिने

औद्योगिक नगरी वीरगञ्जका उद्योगी(व्यवसायीले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१\८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उद्योगले पैठारी (आयात) गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह…