सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिस अब्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रकृया नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले गत शुक्रबार प्रक्रिया रद्द गर्ने निर्णय गरेको…