बजेट निर्माणमा अनधिकृत चलखेल गरेको आरोप लगेका अर्थमन्त्री जनार्दन शर्मा पदमा रहिरहन थप अफ्ठेरोमा परेका छन् । पछिल्लो समय अर्थमन्त्रीको खुला प्रशंसा गर्दै आएका अर्थसचिव मधुकुमार मरासिनीले मुख्य सचिवलाई जानकारी गराउँदै घरायसी कारण देखाएर बिदा बसेपछि मन्त्री शर्मा माथि थप दवाव परेको हो । अर्थमन्त्री शर्माले बजेट निर्माणमा निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई जेठ १४ गते…