राजस्व संकलन १० खर्ब ७० करोड हुँदा अनुदान भने लक्ष्यको २३ प्रतिशत मात्र

चालु आर्थिक वर्ष सकिन सात दिन बाँकी हुँदासम्म १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यो राजस्व रकम सरकारी लक्ष्यको ८४.७६ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।…