नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको भाउ हालसम्मकै सर्वाधिक महङ्गो हुँदा नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गते बुधबार डलरको भाउ १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यो हालसम्मकै उच्च हो । यसअघि गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १२६.७८ रुपैयाँ पुगेको थियो ।…