इन्धनको भाउ घटेसँगै सरकारले घटायो लामो दूरीको सवारी साधनको भाडा

सरकारले आइतबारदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । शनिबारको मन्त्रिपरिषदको बैठकले डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाएकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको…