सर्वोच्चले खुलायो हेटौंडा-बर्दघाट प्रसारण लाइनको अवरोध, पूर्वको बिजुली प्रवाहमा सहजता आउने

लामो समयदेखि पूर्वको बिजुली पश्चिम लैजान महत्वपूर्ण मानिएको एक प्रसारण लाइनको दुईवटा टावर निर्माणमा भइरहेको अवरोध हटेको छ । सर्वोच्च अदालतका न्यायाधीद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त गरिदिएको हो । सो इजलाशले रिट खारेज गर्दै निर्देशनात्मक आदेश समेत जारी गरेको छ । सर्वोच्चको आजको फैसलापछि नवलपरासीको दुम्कीबासमा…