साखः स्टिलका सञ्चालक किरण साखःले बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले ६ वटा स्टील उद्योगलाई काखी च्यापेर २ दर्जन बढी उद्योगलाई धरापमा पारेको आरोप लगाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा साखःले सरकारले प्रोत्साहन गर्न खोजेका ६ स्टील उद्योगको नाम सार्वजनिक गर्दै बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिए ।…