बिहीबारदेखि ५ दिनसम्म चल्ने चेम्बर एक्स्पोको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने भएका छन् । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबार बिहान ११ बजे प्रधानमन्त्री शेर बहादुर देउवाले एक्स्पोको उद्घाटन गर्ने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” ले नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिने पत्रकार…