घरजग्गा कारोबारका लागि छुट्टै संस्था, सरकारले नियमन गर्ने

सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिकरुपमा घरजग्गाको कारोबार भएको र अनधिकृतरुपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आव २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । घरजग्गाको कारोबारका…