अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ । आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, “हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका…