भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरको हुने

गत बिहीबारदेखि सञ्चालनमा आएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाका दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको हो। त्यसको भोलिपल्ट नेपालबाट यात्रु लिएर कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।…