रसुवागढी नाका हुँदै आयात सामग्रीबाट ४ अर्ब ३३ करोड राजस्व सङ्कलन, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार…