अर्थविद्हरूले हाल आयातमा गरिएको कडाईलाई निरन्तरता दिँदै अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने लगायतका विभिन्न सुझाव दिएका छन् । आइतबार मन्त्रालयमा भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु सम्मिलित छलफलमा अर्थविद्हरूले अर्थमन्त्री जनार्दन शर्मालाई विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउने तथा संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत…