जाल्पा लघुवित्तको आईपीओ माघ २१ गतेदेखि खुल्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माघ २१ गते अर्थात शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले लघुवित्तको ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरिने सूचना माघ १४ गते शुक्रबार सार्वजनिक गरेको हो ।…