शंकर ग्रुपको ऋद्दिसिद्दी सिमेन्टले सञ्चालन गरेको चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै

व्यवसायीक घराना शंकर ग्रुपको हेटौंडा उपमहानगरपालिका–१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् । सो उद्योगले मापदण्डविपरीत जथाभावीरुपमा चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन् । चुनढुङ्गा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने, धुलो धुवाँ उड्ने, ध्वनि प्रदूषणलगायत वातावरणीय…